Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

  • 561
    SHARES
  • तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

    यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।  

    सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij