Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी

जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी

  • 50
    SHARES
  • जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध : मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (LIFE–AR) सुविधाको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । जलवायुसम्बन्धी योजना निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनमा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो । उनले LIFE–AR लाई अतिकम विकसित मुलुकहरूमा स्थानीय नेतृत्वमा जलवायु कार्य अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखिन् ।

    नेपालले LIFE–AR सँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले यस पहलको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij