Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नेपालमा कोरोना संक्रमणदर बढ्दो, एकैदिन ३ हजार ९३८ संक्रमित, ३७ जनाको निधन

नेपालमा कोरोना संक्रमणदर बढ्दो, एकैदिन ३ हजार ९३८ संक्रमित, ३७ जनाको निधन

  • 535
    SHARES
  • नेपालमा कोरोना संक्रमणदर बढ्दो, एकैदिन ३ हजार ९३८  संक्रमित, ३७ जनाको निधन

    काठमाडौं । बिहीबार देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११,८७० पीसीआर गर्दा ३ हजार ७ र ६,५३८ एन्टीजेन परीक्षण गर्दा ९३१ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा २ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ३७ जनाको संक्रमणले निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३१,१०८ र ३,३१४ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ७१३ आइसीयूमा र १५८ जना भेन्टिलेटरमा उपचारत छन् । 

    हालसम्म नेपाल ७ लाख ७३ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९९४ जनाको संक्रमणले निधन भएको छ । कोरोना निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

     

    232245434_973934853395424_1586743939956144650_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij