Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सत्तारुढ दलका नेताहरु सहभागि कार्यदलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलका नेताहरु सहभागि कार्यदलको बैठक बालुवाटारमा जारी

  • 590
    SHARES
  • सत्तारुढ दलका नेताहरु सहभागि कार्यदलको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ दलका नेताहरु सहभागी कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी  छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ८ साउनमा गठित कार्यदलले सरकारले हालसम्म गरेका अब गर्नुपर्ने कामका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई परामर्श दिएको कार्यदलका एक नेताले जानकारी दिए । 

    गठबन्धनले सरकारका काम कारबाहीलाई सकारात्मक सहयोग गर्न न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिसकेको छ ।  उक्त मस्यौदा पनि कार्यदलले प्रधानमन्त्री देउवासमक्ष बुझाइसकेको छ । जसमा देउवाले आफ्नो राय राख्ने छन् ।  कार्यदलले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा प्रधानमन्त्रीसँग छलफल गरेको बुझिएको छ ।  

    कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन् । जारी बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति खारेज गर्दा अदालतबाट पुनर्वहाली हुन सक्ने सम्भावनाबारे कानुनी प्रक्रियाकाबारेमा छलफल गरिएको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij