Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हेटौँडा–१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार

हेटौँडा–१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार

  • 110
    SHARES
  • हेटौँडा–१२ को अध्यक्षमा राप्रपाबाट प्रेम लामा भ्लोन उम्मेद्वार

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ ।

    हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर र जिल्ला कार्य समितिको बैठकले प्रेम लामा भ्लोनलाई  वडा अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।

    हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थानीय निवासी रहेका भ्लोन विभिन्न समाज सेवी कार्यहरूमा पनि सहभागिता जनाउँदै आइरहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिए ।

    उक्त रिक्त रहेको पदमा राप्रपाले बहुमत ल्याएर वडा अध्यक्षको कब्जा गर्ने नगर अध्यक्ष अरुण लामाको दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij