Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चीनले जारी गरेको नक्सामा बालेनको आपत्ति, चीन भ्रमण रद्द 

चीनले जारी गरेको नक्सामा बालेनको आपत्ति, चीन भ्रमण रद्द 

  • 292
    SHARES
  • चीनले जारी गरेको नक्सामा बालेनको आपत्ति, चीन भ्रमण रद्द 

    काठमाडौं । चीनको प्राकृतिक स्रोत मन्त्रालयले हालै जारी गरेको नक्सामा प्रति आपत्ति जनाउँदै काठमाडाैं महानगरका मेयर बालेन साहले आफ्नो पाँच दिने चीन भ्रमणलाई रद्द गरेका छन् ।

    उक्त नक्सामा नेपाललाई नसोधी नेपाली भूभागलाई भारतको देखाएको भन्दै उनले त्यसलाई नेपाली संवदेनशीलतामाथि चालेको गलत कदम भएको बताएका छन् । 

    उनले यही कारण देखाएर चीनको निमन्त्रणमा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा रद्द गरेको समाजिक संजालमार्फत स्पष्ट पारेका हुन । उनी बिहीबार चीन जाने तयारीमा थिए । 

    उनले सामाजिक संजालमा यस्ताे लेखेका छन्

    ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
    केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ ।
    नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ ।
     त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

  • सम्बन्धित विषय:

  • # बालेन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij