Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कर्णालीका चार सांसदलाई कारबाही हुनुपर्ने ओली पक्षको भ्याकेटमाथि सुनुवाई हुँदै

कर्णालीका चार सांसदलाई कारबाही हुनुपर्ने ओली पक्षको भ्याकेटमाथि सुनुवाई हुँदै

  • 894
    SHARES
  • कर्णालीका चार सांसदलाई कारबाही हुनुपर्ने ओली पक्षको भ्याकेटमाथि सुनुवाई हुँदै

    काठमाडौं । नेकपा एमाले कर्णालीका चार सांसदमाथि संस्थापन पक्षले गरेको कारबाही सर्वोच्च अदालतले मान्यता नदिएपछि त्यसविरुद्धमा अध्यक्ष केपी ओलीले हालेको भ्याकेट निवेदनमथि मंगलबार सुनुवाई हुँदै छ । २७ जेठमा सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिलाई पार्टी सदस्यमाथि कारबाही गर्ने अधिकार नरहेको भन्दै एमाले संस्थापनले पदमुक्त गरेका चार सांसदको पुनर्वहाली गरेको थियो । 

    एमालेको केन्द्रीय कमिटीसमेत भनिएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि मंगलबार सुनुवाई हुने भएको हो । अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेशसभा सचिवालय पनि भ्याकेटमा गएको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ३ वैशाखमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले पार्टीको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएपछि उनीहरुलाई एमालेले पदमुक्त गरेको थियो ।  यी ४ जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारबाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत २७ जेठमा बदर गरेको थियो ।

    एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओलीपक्षले आइतबार भ्याकेट निवेदन दर्ता गरेका थियो । केन्द्रीय कमिटीकै निर्णय गरेर महाधिवेशन आयोजक समिति गठन भएकाले त्यसले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने संस्थापनको माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij