Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

  • 231
    SHARES
  • कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

    सुर्खेत । संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन ।

    आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।

    जिल्लागत रूपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन । सुर्खेतका ९ स्थानीय तहका लागि चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ।

    संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई एक अर्ब ७१ करोड बजेट बिनियोजन गरिएको छ ।

    साथै जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई दुई अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ ।

    संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij