वेबटिभी खबर
काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ । शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो । स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।
आगलागीको खबर पाएपछि दमकल सहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो । स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij