Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

  • 246
    SHARES
  • महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

    दोधारा चाँदनी नगरपालिका-१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो ।

    सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij