Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘महत्वपूर्ण’ सात मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखे  

‘महत्वपूर्ण’ सात मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखे  

  • 826
    SHARES
  • ‘महत्वपूर्ण’ सात मन्त्रालय प्रधानमन्त्री ओलीले नै राखे  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे पनि गृहलगायत महत्वपूर्ण ७ मन्त्रालय आफैँसँग राखेका छन् ।  

    जनता समाजवादी पार्टी नेपाल (जसपा) का एकअध्यक्ष महन्थ ठाकुरपक्ष सरकारमा सहभागी भएपछि ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्, जसमा ७ मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।

    ओलीले गृह, रक्षा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् । त्यसैगरी कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि उनले आफैँसँग राखेका छन् ।

    पुनर्गठित मन्त्रिपरिषदमा दुई राज्यमन्त्रीसहित १७ सदस्य छन् । त्यसमध्ये आठ मन्त्री र दुई राज्यमन्त्री जसपाका र प्रधानमन्त्री ओलीसहित ७ जना भने एमालेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij