Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

योजना आयोग उपाध्यक्ष कँडेलसहित नयाँ पदाधिकारीलाई प्रधानमन्त्रीले गराए शपथ

योजना आयोग उपाध्यक्ष कँडेलसहित नयाँ पदाधिकारीलाई प्रधानमन्त्रीले गराए शपथ

  • 682
    SHARES
  • योजना आयोग उपाध्यक्ष कँडेलसहित नयाँ पदाधिकारीलाई प्रधानमन्त्रीले गराए शपथ

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त प्रा.डा.पुष्पराज कँडेलसहित नयाँ पधाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका छन् ।

    पुनः नियुक्तिपश्चात बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका अध्यक्ष केपी ओलीले उपाध्यक्षसहित नयाँ पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

    बिहीबार नै पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा.कृष्णप्रसाद ओली, डा.उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij