वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन भएका छन् ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।
‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’
संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij