Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यौन दुर्व्यवहारको आरोपमा बाग्मतीका तीन शिक्षकमाथि किटानी जाहेरी

यौन दुर्व्यवहारको आरोपमा बाग्मतीका तीन शिक्षकमाथि किटानी जाहेरी

  • 562
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा  बाग्मतीका तीन शिक्षकमाथि किटानी जाहेरी

    काठमाडौं ।  मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बाग्मती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका छन् । 

    घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले गएराति प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन् ।

    कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन् । जनताका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij