Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बेलायतमा ह्वात्तै बढे ओमिक्रोन संक्रमित

बेलायतमा ह्वात्तै बढे ओमिक्रोन संक्रमित

  • 622
    SHARES
  • बेलायतमा ह्वात्तै बढे ओमिक्रोन संक्रमित

    एजेन्सी । आइतबार एकैदिन बेलायतमा १२ हजारभन्दा बढी जनामा ओमिक्रोन भाइरस पुष्टि भएको छ । बेलायतमा हालसम्म ३७ हजार १०१ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको हो ।

    युके हेल्थ सेक्योरिटी एजेन्सीकाअनुसार बेलायतमा आइतबार १२ हजार १३३ जनामा ओमिक्रोन पुष्टि भएको हो । बेलायतमा ओमिक्रोनसँगै डेल्टा भेरियन्ट पनि तिव्र रुपमा फैलिरहेको छ । यहाँ १७ डिसेम्बरमा ९३ हजार ४५ जनामा कोभिड–१९ पुष्टि भएको थियो । 

    बेलायतमा बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै डेल्टा र ओमिक्रोन भाइरस मिलेर नयाँ भेरियन्ट बनाउन सक्ने विज्ञहरुले आंकलन गरिरहेका छन् । बेलायत हेल्थ सेक्रेटरी साजिद जाविदले आइतबार राति क्रिसमस डेमा लकडाउन हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको जनाएका छन् । ओमिक्रोनबारे अध्ययन भइरहेकोले यसबारे स्पष्ट केही भन्न नसकिने जाविदले बताए ।

    267914081_450600303171875_5523033339863945284_n.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij