Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसमा गुणात्मक रूपान्तरणको आधार देखिएन : गोकुल बाँस्कोटा

कांग्रेसमा गुणात्मक रूपान्तरणको आधार देखिएन : गोकुल बाँस्कोटा

  • 926
    SHARES
  • कांग्रेसमा गुणात्मक रूपान्तरणको आधार देखिएन : गोकुल बाँस्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसमा गुणात्मक रूपान्तरणको आधार नदेखिएको बताएका छन् ।

    १४औं महाधिवेशनबाट उपसभापति र महामन्त्रीसहितका पदमा युवा पुस्ताले कब्जा जमाएपछि धेरैले कांग्रेस पार्टी रूपान्तरणतर्फ अघि बढेको बताइरहँदा बाँस्कोटाले भने त्यसो नदेखिएको टिप्पणी गरेका हुन् ।

    उनले कांग्रेसको परिणाम आउँदै गर्दा केहीलाई अब उधुम नै हुन्छ भन्ने भ्रम मात्रै फैलिएको दाबी गरे । ‘कांग्रेसको परिणाम आउँदै गर्दा केही मान्छे अब कांग्रेसमा उधुम नै हुन्छ भन्ठान्दा रहेछन् । तर,मैले नीतिगत परिवर्तन हुने गरी कुनै गुणात्मक रूपान्तरणको आधार देखेको छैन’, बाँस्कोटाले आइतबार ट्विट गरेका छन् ।

    कांग्रेस उपसभापितमा युवापुस्ताका धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए ।

    अरू पदहरूमा पनि युवा पुस्ताका नेताहरूको वर्चस्व देखिएको छ । कांग्रेस पदाधिकारीमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij