Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

  • 687
    SHARES
  • ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता, आयोगले दियो प्रमाणपत्र

    काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर बनेको लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

    losapa.jpgआयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । ठाकुरको पार्टीको केन्द्रीय कार्यालय बबरमहल तोकिएको छ ।

    सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुर्‍याएर दल विभाजन गर्नसकिने अध्यादेशअन्तर्गत जसपा फुटेर लोसपा र एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एस) दर्ता भएको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij