Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सभामुखलाई धम्की दिने एमालेप्रति खनिए सत्तारुढ दल, निकाले यस्तो विज्ञप्ति 

सभामुखलाई धम्की दिने एमालेप्रति खनिए सत्तारुढ दल, निकाले यस्तो विज्ञप्ति 

  • 1.3K
    SHARES
  • सभामुखलाई धम्की दिने एमालेप्रति खनिए सत्तारुढ दल, निकाले यस्तो विज्ञप्ति 

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । 

    नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

    ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसद्को संरक्षक पनि हो र सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

    apatti.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij