Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ठाकुरको पार्टीको नाम- लोकतान्त्रिक समाजवादी

ठाकुरको पार्टीको नाम- लोकतान्त्रिक समाजवादी

  • 867
    SHARES
  • ठाकुरको पार्टीको नाम- लोकतान्त्रिक समाजवादी

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । यसअघि ठाकुर पक्षले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो ।

    बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएपछि शुक्रबार ठाकुर पक्षले पार्टीको नाम फेरेकाे हाे । 

    निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टीको नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले बताए । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यसअघि प्रस्ताव गरेको जसपा (लोकतान्त्रिक) पार्टीको नाम परिवर्तन गरेसँगै कार्यकारिणी समिति सदस्यपछि थप गरेको छ । 

    निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेर पुनः दल तथाका लागि दिइएको निवेदनमा ७ जना कार्यकारिणी समिति सदस्य थप गरिएको छ । थप गरिएको कार्यकारिणी समिति सदस्यमा निलम शर्मा, पुष्पा ठाकुर, सुरिताकुमारी साह, कमलाकुमारी गुरुङ, निलमकुमारी यादव, प्रेमा चौधरी, रुकमीनी कुमारीदेवी मण्डल रहेका छन् । शरतसिंह भण्डारी वरिष्ठ नेतामा बढुवा भएका छन् । 

    बुधबार ठाकुरले आयोगमा निवेदन दिँदा २४ जनाको कार्यकारिणी समिति रहेकोमा त्यस समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नरहेकाले विधान संशोधन गरेर ७ जना महिला सदस्य थपिएको लोसपाले शुक्रबार आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij