वेबटिभी खबर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सबै कर्मचारीको सहयोगबाट प्राधिकरणलाई थप उचाइमा पुर्याउने प्रविद्धता व्यक्त गरेका छन् । ठूलो चुनौती स्वीकारेर आफू यो पदमा दोस्रो पटक नियुक्त भएको उनले प्रतिक्तिया व्यक्त गरे ।
बुधबार प्राधिकरणमा उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सबैको सहयोग र टीमवर्कलाई विश्वास राख्दै आफूले प्राधिकरणलाई उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए ।
‘दोस्रो कार्यकालका लागि ठूलो चुनौती स्वीकारेर आएको छु । यो जति ठूलो चुनौति मलाई अरु केही हुनेछैन,’ घिसिङले भने ।

विगतदेखि नै जनताले प्राधिकरणमा फेरि कुलमान नै आएर नेतृत्व गर्न अपेक्षा राखेकोप्रति उनले सबैलाई धन्यवाद व्यक्त गरे । बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै घिसिङले अघिल्लो कार्यकालजस्तै यो कार्यकालमा पनि जनताले आफूप्रति गरेको विश्वास टुट्न नदिने प्रतिक्रिया व्यक्त गरे ।
प्राधिकरणमा घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको र यसअघिका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सोही अवधिका लागि लागि ऊर्जा आयोगमा पठाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij