Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाथीभरामा एकै दिन ११ हजार बढी भक्तजनले दर्शन गरे

पाथीभरामा एकै दिन ११ हजार बढी भक्तजनले दर्शन गरे

  • 60
    SHARES
  • पाथीभरामा एकै दिन ११ हजार बढी भक्तजनले दर्शन गरे

    काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन् । प्रतिकुल मौसमका बावजुद पुजा गर्ने यो समय मूख्य भएकोले पाथीभरामा भक्तजनहरुको भिड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए ।

    यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालको विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजनहरु पाथीभरा दर्शन गर्न आइरहेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । 

    पाथीभरा पुग्नका लागि यातायातका साधनमार्फत काफ्ले पाटी सम्म सहजरुमा पुग्न सकिन्छ । काफ्ले पाटीकाट पाँच किलोमिटर पदमार्ग प्रयोग गरेर धामसम्म पुग्न सकिन्छ । पाँच किलोमिटर उकालो बाटो भएकाले हिड्न नसक्नेहरुको लागि सहयोगीको समेत व्यवस्था छ । समुद्री सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित शक्तिपीठ पाथीभराको दर्शन गरेमा सोचे चिताएको मनोकांक्षा पूरा हुने विश्वास रहेकाले स्वदेश तथा विदेशबाट भक्तजन आउने गरेका समितिले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij