वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अहिलेको पाँचदलीय गठबन्धनले निर्वाचनअघिको पन्ध्र महिना त्यसै खेर फाल्ने जिकिर गरेका छन् ।
गठबन्धन सरकारले पन्ध्र महिनामा होइन पन्ध्र वर्षमा पनि कुनै प्रगति गर्न नसक्ने उनले ठोकुवा गरेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार रहेका थापाे वर्तमान गठबन्धन सरकारले गफ बाहेक केही नगर्ने दाबी गरेका छन् ।
बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई मेन्सन गर्दै थापाले गरेको ट्वीटमा उनले लेखक खगेन्द्र संग्रौलाजस्ता बोलिदिने व्यक्ति भएपछि नेपाली कांग्रेसले बोल्नका लागि कष्ट गररहुनु नपर्ने भन्दै व्यंग्य गरेका छन् ।
‘कुरा समयको हैन विश्वप्रकाश जी १५ महिना त के १५ वर्षमा पनि यो गठबन्धनले केही लछार्दैन भन्ने स्पष्ट नै छ,’ थापाले लेखेका छन् ।
गठबन्धन सरकारले नेपाललाई १५ महिनामा विकसित मुलुकको स्तरमा पुर्याउने भनेर जनतालाई ढाँटेको पनि थापाले आरोप लगाएका छन् ।
‘कुरा त न्यूनतम भनिएको कागजमा १५ महिने गठबन्धनले नेपाललाई विकसित मुलुकको स्तरमा पुर्याउने गफ किन हानेको भन्ने मात्रै हो,’ थापाले लेखक संग्रौलाको ट्वीटर हेन्डललाई मेन्सन गर्दै भनेका छन्, ‘रह्यो बोल्ने कुरा, बेलाको बोलीजस्ता दुर्वासाहरू भाडामा पाउञ्जेल कांग्रेसले बोल्ने टाउको दुखाइ रहनै पर्दैन ।’
...दुर्वासाहरू भाडामा पाउन्जेल
— Surya Thapa (@ThapajiSurya) August 11, 2021
नेकाँले बोल्ने टाउको दुखाई रहनै पर्दैन!
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij