Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्राफिक प्रहरीलाई ‘तपाईंको मास्क खै ?’ अंकित रिबन अनिवार्य लगाउन महाशाखाको निर्देशन

ट्राफिक प्रहरीलाई ‘तपाईंको मास्क खै ?’ अंकित रिबन अनिवार्य लगाउन महाशाखाको निर्देशन

  • 930
    SHARES
  • ट्राफिक प्रहरीलाई ‘तपाईंको मास्क खै ?’ अंकित रिबन अनिवार्य लगाउन महाशाखाको निर्देशन

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ‘तपाईंको मास्क खै ?’ अभियानलाई कडाइका साथ कार्यान्वयनलाई तीव्रता दिएको छ ।

    काठमाडौंसहित उपत्यकाका तीनै जिल्लामा कोभिड-१९ को संक्रमण बढेको तथ्यलाई मध्यनजर गर्दै महाशाखाले उक्त अभियानलाई कडाइका साथ लागु गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

    साधारणलाई कोभिड-१९ संक्रमणबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गराउँदै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खै ?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियानलाई निरन्तरता दिएको हो ।

    traffic1.jpg

    महाशाखाका एसएसपी भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयका ९ सय जना ट्राफिक प्रहरीहरुलाई मंगलबारबाट ड्युटीको समयमा अनिवार्य उक्त रिबन प्रयोगमा ल्याउन सुरु गरेको महाशाखाले जनाएको छ ।

    कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आमसर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    traffic.jpg

    ‘महाशाखाले यसअघि अनिवार्य मास्कको प्रयोग गर्न, गराउन ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिवार्य मास्कको प्रयोगमा कडाइ गराउँदै आएको छ,’ कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘कोभिड-१९ बाट बच्न र बचाउन सर्वसाधारणमा सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सीटक्षमताभन्दा बढी यात्रु नचढाउने सवारी साधनलाई कारबाही गर्नेलगायतका कार्यक्रम गर्दै आएका छौं । सरकारले जारी गरेको मापदण्डलाई कार्यान्वयन गराउन महाशाखा प्रतिबद्ध छ ।’    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij