Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपाल भारतबीच जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल

नेपाल भारतबीच जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल

  • 105
    SHARES
  • नेपाल भारतबीच जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

    भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन तथा आपसी सहकार्यका क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij