एजेन्सी– हालै क्लब छोडेका कप्तान लियोनल मेस्सीको वियोगमा रहेको बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । इटालियन क्लब युभेन्ट्सलाई ३–० ले हराउँदै बार्सिलोनाले उपाधि हात पारेको हो ।
नोउ क्याम्पबाट मेस्सीलाई बिदाई गरेकै दिन बार्सिलोनाले आफैले आयोजना गरेको ट्रफीको उपाधि जितेको हो। बार्सिलोनाको जितमा मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे ।
नोउ क्याम्पमा आइतबार राति भएको खेलको तेस्रो मिनेटमा नै डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जितसहित च्याम्पियन बनाए ।
युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा लगायतले भने गोल गर्न सकेनन्। एक पटकको च्याम्पियन युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेलेपनि उपाधि जित्न सकेन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij