Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन

  • 48
    SHARES
  • अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन

    काठमाडौं । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ । ‘अस्ट्रेलिया मार्चेज्आ-प्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए ।

    प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, आप्रवासनको सङ्ख्या घटाउन, विदेशी प्रभावबाट राजनीतिक निर्णय प्रक्रियालाई मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरेका छन् । यो अभियान सेप्टेम्बर १३ देखि सुरु भएर ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म आइपुगेको हो । अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतका व्यक्तिहरूले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन् ।

    ब्रिस्बेनका ट्रक चालकले आफू जस्तै डाक्टर, नर्स, ईन्जिनियर आदी जस्ता दक्षकामदार सदैब अस्ट्रेलियालाई खाँचो रहेको भए पनि जथाभावी गैर कानुनी रुपमा भित्रिएका आप्रवासीले यस्तो परिस्थिती आएको बताए । यसअघि नोभेम्बर ८ मा सिड्नीमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए । त्यहाँ ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ भन्ने नारासमेत लगाइएको समाचार सार्वजनिक भएको थियो । केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।

    अस्ट्रेलियामा आप्रवासनको विषय अहिले राजनीतिक बहसको केन्द्रमा छ । आवासको अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन् । अर्कोतर्फ, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचानमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij