Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले संस्थापनले आइतबार बस्ने तय भएको बैठक रोक्यो, पर्खिएकै हो त माधव नेपाललाई ?

एमाले संस्थापनले आइतबार बस्ने तय भएको बैठक रोक्यो, पर्खिएकै हो त माधव नेपाललाई ?

  • 1.2K
    SHARES
  • एमाले संस्थापनले आइतबार बस्ने तय भएको बैठक रोक्यो, पर्खिएकै हो त माधव नेपाललाई ?

    काठमाडौं । नेकपा एमाले संस्थापन पक्षले आइतबार बस्ने केन्द्रीय कमिटीको बैठक रोकेर वरिष्ठ नेता माधव नेपाल पक्षको आवाज सुन्न खोजेको संकेत गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षको आज (आइतबार) बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक भोलि (सोमबार) का लागि सारेर नेपाललको आग्रहप्रति नम्र भएको सन्देश दिएको छ ।

    बिहीबार र शुक्रबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरूलाई पार्टीमा ठाउँ दिने हो भने आज (साउन २४) का लागि तोकिएको केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेको थियो । शनिबार ललितपुरमा आफू पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आइतबारसम्म अध्यक्ष ओलीले निकास नदिए आफूले थप कदम चाल्ने चेतावनी दिएका थिए ।

    ‘आइतबार बस्ने भनिएको बैठक सोमबारका लागि सरेको हो,’ नेपाल पक्षलाई पर्खिनलाई बैठक सारिएको हो ? भन्ने प्रश्नमा केन्द्रीय कमिटी सदस्य सुर्य थापाले वेबटिभी खबरसँग भने, ‘कुनै पक्षलाई पर्खिएको भन्दा पनि बैठक सोमबारलाई सर्यो भनेर बुझौं न ।’ संस्थापनको आइतबार केन्द्रीय कमिटीको बैठक बस्नुअघि ११ बजे स्थायी कमिटीको बैठक भनिएकोमा आजको दुवै बैठक सोमबारका लागि सारिएको एमले केन्द्रीय पार्टी कार्यालयले जानकारी दिएको छ । 
     
    ‘बैठक बस्नुअघि आन्तरिक र पार्टी एकतासम्बन्धी विषयका कारण बैठक भोलिलाई सारिएको हो,’ कार्यालय सचिव तामाङले भने । २७ असारमा एकता कार्यदलले १० बुँदे समझदारीपत्र तयार पारपछिका हरेक बैठकमा सबै नेतालाई निमन्त्रणा गर्ने गरिएको सचिव तामाङले जानकारी दिए । 

    नेपाल पक्षकै  आग्रहलाई मध्यनजर गर्दै बैठक भोलिलाई सारिएको उनले बताए । सोमबार ११ बजे स्थायी कमिटी बैठकमा पार्टीको विधानबारे छलफल गर्ने कार्यतालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ। एमालेले पार्टीको विधान संसोधनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij