वेबटिभी खबर
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । दिउँसोः देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij