वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आइतबार चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागिएको जसपा ठाकुर पक्षका नेता केशव झाले जानकारी दिए ।
वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरुले चार जिल्लामा अलग–अलग रुपमा उपस्थित भएर पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यसुची रहेको उनले जानकारी दिए ।
चार जिल्लामा यी नेताले गर्दैछन् सम्बोधन :
सर्लाहीमा - जितेन्द्र सोनल र अभिराम शर्मा
सुनसरीमा - डा.सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर र अरविन्द साह
रुपन्देहीमा - सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया र कृष्णा सिंह
कञ्चनपुरमा - चन्द्रकान्त चौधरी, राजकुमार लेखाी र दानबहादुर विश्वकर्मा
निर्वाचन आयोगबाट महन्थ ठाकुर पक्षले पार्टीमा वैधानिकता नपाए पनि यो पक्षले तराईका जिल्लाहरुमा राजनीतिक सक्रियता बढाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij