Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

‘लिग वान’को पहिलो खेलमा पीएसजीको जित  

‘लिग वान’को पहिलो खेलमा पीएसजीको जित  

  • श्रावण २४, २०७८ आइतवार ०७:५६ बजे
  • 722
    SHARES
  • ‘लिग वान’को पहिलो खेलमा पीएसजीको जित  

    एजेन्सी – फ्रेन्च लिग वानको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकाल्दै नयाँ सिजनको सुखद् सुरुवात गरेको छ ।

    पीएसजीको जितमा अचरफ हाकिमी र मोउरो इकार्डीले गोल गरेपछि पीएसजीले लिग वानको नव प्रवेशी ट्रोएसमाथि २–१ को जित निकाल्यो। ट्राएसरका लागिओआलिड इल हज्जामको गोल सान्त्वना बन्यो ।

    स्टेट डि एयुवे ट्रोएसमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएको थियो। ओआलिड इल हज्जामले डेलान चाम्बोस्टको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    १९औं मिनेटमा यसै सिजन इटाली क्लब इन्टर मिलानबाट पीएसजी आएका अचरफ हाकिमीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।  त्यसको दुई मिनेट पछि नै मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

    त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै पीएसजीको जितमा पर्याप्त बन्यो । जितसँगै पीएसजीले ३ अंक जोडेको छ । ट्रोएस अंकविहीन हुदै पुछारमा छ ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij