वेबटिभी खबर
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ९ स्थित एक पोखरीका लाखौं मूल्य बराबरको माछा अज्ञात समूहले नियतवस मारिदिएका छन् ।
जय माँ सन्तोषी कृषी महिला समूहको उक्त पोखरीको माछा शुक्रबार राति विष हालेर मारेकोजस्तो देखिएको छ ।
करिब १० कठ्ठामा फैलिएको उक्त पोखरीका अन्दाजी १० क्विण्टल माछा मारिएको स्थानीयले बताए । समूहका पदाधिकारीले ५ लाखभन्दा बढीको माछा नोक्सान भएको बताएका छन् ।
अचानक माछा मर्नुको कारण नखुले पनि पोखरीमा कसैले विष हालिदिएको हुनसक्ने स्थानीको अनुमान छ । लाखौंको माछा मरेपछि समुहले प्रहरीमा रिपोर्ट गरेको छ । प्रहरीले अनुसन्धान थालेको र परीक्षणका लागि मरेको माछाको नमुना ल्याबमा पठाएको छ ।
तीन वर्षअघि नगरपालिकाले समुहलाई उक्त पोखरी संरक्षण गर्नेगरी जिम्मा दिएको थियो । समहूले सफा गरेर माछा पाल्दै आएका थिए । शुक्रबार राति नै कसैले दुषित मनसायले पाखेरीमा विष हालेको समुहका सदस्यहरुको अनुमान छ । रिसइवीमा पोखरीमा विष हालेर माछा मारिदिने घटना फाटफुट हुने पनि गरेका छन् ।
समूहले माछा पालनबाट भएको आम्दानीबाट वर्षेनी सामाजिक काम गर्दै आएका थिए । पोखरीको आम्दानी व्यक्तिगत रुपमा कसैले पनि प्रयोग नगर्ने भएकाले कसले रिसइवी राखेर त्यसो गर्यो भन्ने स्पष्ट हुन सकेको छैन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij