Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसईई २०७७ को नतिजा सार्वजनिक

एसईई २०७७ को नतिजा सार्वजनिक

  • 997
    SHARES
  • एसईई २०७७ को नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।


    बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ ।

    ‘४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक-फरक विद्यालयको फरक-फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’ 

    पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।

    विद्यार्थीले आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । जसका लागि पाँच रुपैयाँ लाग्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij