Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

कामपाको ३२ वटै वडामा खोप केन्द्र

कामपाको ३२ वटै वडामा खोप केन्द्र

  • 627
    SHARES
  • कामपाको ३२ वटै वडामा खोप केन्द्र

    काठमाडाैं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ ।

     महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म  सञ्चालन हुनेछ । 

    यसअघि महानगरले १२  खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो  ।

    अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट संक्रमित भएकामा ६८ हजार ७७१ निको भएका र ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय संक्रमित छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij