Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना ग्राफः ५९ थपिए, ६० जना निको 

कोरोना ग्राफः ५९ थपिए, ६० जना निको 

  • फाल्गुण २५, २०७७ मंगलवार १५:५६ बजे
  • 830
    SHARES
  • कोरोना ग्राफः ५९ थपिए, ६० जना निको 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २५ जना महिला र ३४ जना पुरुष छन् । 

    यस अवधिमा ६० जना कोरोना संक्रमित निको भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुईलाख ७४ हजार ८ सय ६९ पुगेका छन् । जसमध्ये दुई लाख ७० हजार ९ सय ८७ जना निको भएका छन् । यसैगरी तीन हजार १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij