Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माधव पक्षको स्थायी कमिटी बैठकमा गएनन् योगेश भट्टराई र सुरेन्द्र पाण्डे

माधव पक्षको स्थायी कमिटी बैठकमा गएनन् योगेश भट्टराई र सुरेन्द्र पाण्डे

  • 660
    SHARES
  • माधव  पक्षको स्थायी कमिटी बैठकमा गएनन्   योगेश भट्टराई र सुरेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न बसेको स्थायी कमिटीको बैठकमा नेताद्वय अनुपस्थित भएका हुन्   ।

    परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएको भन्दै भट्टराई अनुपस्थित भएका हुन् भने पाण्डे पीएसओलाई कोरोना संक्रमण देखिएको भन्दै अनुपस्थित भएका छन् ।  एमाले विवाद उत्कर्षमा पुगेको बेला माधव नेपाल पक्षले बोलाएको बैठकलाई अर्थपूर्ण ठानिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij