Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

  • 650
    SHARES
  • कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

    मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् ।

    स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

    'उहाँले नेपाल सरकारसँग कार्यसम्पादनको करार गर्नुभएको छ । त्यहीअनुसार काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्छ,’ स्रोतले भन्यो,‘स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई हटाउन सक्छ ।’   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij