Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्री असन्तुष्ट

जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्री असन्तुष्ट

  • 576
    SHARES
  • जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्री असन्तुष्ट

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट देखिएका छन् ।  सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चारजना  स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे असन्तुष्टि जनाउँदै देउवाले उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन भनेका हुन् । 

    मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमलाई प्रसुति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा.रुद्र मरासिनीलाई नियुक्त गरेको थियो । 

    यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा। लालको ठाउँमा पठाइएको थियो । तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई  कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    ‘यी सबै निर्णयप्रति प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ । उहाँ (देउवा)ले आवश्यक छलफलपछि मात्र सुरुवाको निर्णय कार्यान्वयन गर्न भन्नु भएको छ,’ ती अधिकारीको भनाइ छ । गतवर्ष नेपालमा कोरोना संक्रमणको फैलावट सुरु हुँदै गर्दा स्वास्थ्य मन्त्रालयमा गौतम प्रवक्ताको जिम्मेवारीमा थिए । गौतम केही महिनादेखि वीरको कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको रुपमा थिए । १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ आएपछि गौतमलाई प्रसुति अस्पतालमा पठाइएको हो । आफूले परिणाममुखी काम गर्दै आए पनि जिम्मेवारीबाट हटाइएको भन्दै गौतमको दाबी छ । 

    स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधामन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठले कर्मचारीको सरुवाको निर्णयबाट देउवा असन्तुष्ट बनेको बताइएको छ । १३ साउनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले स्वास्थ्यराज्यमन्त्रीमा श्रेष्ठको नियुक्तिबारे आफूले आत्मआलोचना गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij