Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पीएसजीलाई हराउँदै लिलले जित्यो फ्रान्सेली सुपर कप 

पीएसजीलाई हराउँदै लिलले जित्यो फ्रान्सेली सुपर कप 

  • श्रावण १८, २०७८ सोमवार ०९:१८ बजे
  • 536
    SHARES
  • पीएसजीलाई हराउँदै लिलले जित्यो फ्रान्सेली सुपर कप 

    एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै लिलले फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को  उपाधि जितेको छ। 

    साविक विजेता पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिलले उपाधि जितेको हो। 

    ब्लुमफिल्ड स्टेडियम तेल अभिभ याफा इजरायलमा आइतबार राति भएको खेलमा लिललाई च्याम्पियन बनाउन पोर्चुगिज मिडफिल्डर छेकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

    उनले ४५औं मिनेटमा बुराक यिल्माजको पासमा गोल गरेका थिए । पीएसजी आफ्नो मुख्य फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारविनै मैदान उत्रिएको थियो ।


    लिलको यो पहिलो उपाधि हो । सर्वाधिक सफल पीएसजीले १० पटक फ्रान्सेली सुपर कपको उपाधि जितेको छ । पीएसजी सन् २०१३ देखि सन् २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । तर पीएसजीले यसपटक उपाधि रक्षा गर्न सकेनन् ।

    फ्रान्सेली लिग वान च्याम्पियन र कप डि फ्रान्सको च्याम्पियनबीच फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) खेल्ने प्रावधान छ ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij