Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युभेन्टसको जित निकाल्दा मिलान बराबरीमा रोकियो 

युभेन्टसको जित निकाल्दा मिलान बराबरीमा रोकियो 

  • श्रावण १७, २०७८ आइतवार ०९:०५ बजे
  • 822
    SHARES
  • युभेन्टसको जित निकाल्दा मिलान बराबरीमा रोकियो 

    एजेन्सी – इटालियन क्लब युभेन्ट्सले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा दोस्रो डिभिजनको मोन्जालाई २–१ गोलले पराजित गरेको छ । शनिबार राति भएको खेलमा 

    युभेन्ट्सलाई जिताउन फिलिपो रानोचिआ र डिजान कुलुसेभ्स्कीले गोल गरे । मोन्जाका मार्को डि एलेसान्द्रोले एक गोल फर्काए । 

    अब युभेन्टसले ८ अगस्टमा बार्सिलोनासँग जोन ग्याम्पर ट्रफी खेल्ने छ ।

    यस्तै अर्को मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलान फ्रान्सेली क्लब निससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

    निसका एमिन गोइरीले पेनाल्टीमार्फत गोल गर्दा मिलानका लागि नयाँ खेलाडी ओलिभर जिरुउडले बराबरी गोल फर्काएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # युभेन्टस
  • # एसी मिलान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij