वेबटिभी खबर
काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ ।
पार्टीको १४ औँ महाधिवेशन नजिकिएसँगै यी तीन नेताको भेटघाट बाक्लिएको छ । केही दिनयता निधि काठमाडौं बाहिर भएकाले भेटघाटको क्रम सुस्ताएको थियो । भेटवार्ताका लागि निधि र कोइराला सिंह निवास चाक्सीबारी पुगेका थिए ।
भेटवार्तामा सहभागी तीनैजना नेता आगामी महाधिवशेनमा सभापतिको आकांक्षी हुन् । यी तीनजनाको भेट महाधिवेशनमा मिलेर जाने र एक अर्कालाई सघाउने विषयमा केन्द्रीत भएको बताइएको छ ।
कांग्रेस संस्थापक बिपी, गणेशमान र महेन्द्रनारायणका छोराहरुको भेटघाटले कांग्रेसकाे राजनीति तताएको छ । यी तीन नेता मिलेमा शक्तिशाली हुने सबैकाे अनुमान छ । तस्बिरः रामजी दाहालकाे फेसबुकबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij