वेबटिभी खबर
लमजुङ । एचआइभी एड्स संक्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पर्क, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स संक्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो ।
नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि संक्रमितको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ संक्रमित थपिएका छन् ।
चार महिला र चार पुरुष गरी आठ नयाँ संक्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स संक्रमितको सङ्ख्या पुगेको बताइएको छ । यी संक्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् ।
यी सबै जनाले बेँसीशहर नगरपालिका-८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij