Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ: ऊर्जामन्त्री भुसाल

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ: ऊर्जामन्त्री भुसाल

  • 653
    SHARES
  • जग्गा अधिकरण गर्दा विशेष ध्यान  पुर्याउनुपर्छ: ऊर्जामन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएकी छिन् । 

    मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताइन् । 

    उनले भनिन्, 'हामीले सेवा दिने भनेको जनताका लागि हो, विकास पनि जनताकै लागि हो ।'

    मन्त्री भुसालले एकीकृत आयोजना जनतामा लैजाँदा ल्याण्ड पुलिङमा जाँदा उपयुक्त हुने बताइन् । उनले भनिन् 'कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नआओस् ।'

    जग्गाका सन्दर्भमा राज्यले लिने मूल्य र वास्तविक कारोवार मूल्य एउटै हुनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, 'मालपोतमा गयो जग्गाको मूल्य एउटा छ, बजारमा गयो त्यसको मूल्य कैयौँ गुणा बढी छ । राज्यले एउटै दर बनाएर लैजानुपर्छ ।'  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij