Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सांसद भन्छन्- आयोजनाहरुमा किन ढिलाइ भइरहेको छ, फिल्डमै हेर्न जाऔं

सांसद भन्छन्- आयोजनाहरुमा किन ढिलाइ भइरहेको छ, फिल्डमै हेर्न जाऔं

  • 574
    SHARES
  • सांसद भन्छन्- आयोजनाहरुमा किन ढिलाइ भइरहेको छ, फिल्डमै हेर्न जाऔं

    काठमाडौं । सांसदहरुले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढी र पहिराका कारण भएको क्षति, आवश्यक कानुन निर्माणलगायतका विषयमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । 

    सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा उनीहरुले कोरोनाका कारण विकास निर्माणका कामको अनुगमन तथा मन्त्रालयलाई आवश्यक निर्देशन हुन नसकेको भन्दै अब भने यस विषयमा समितिले विशेष ध्यान दिनुपर्ने बताए ।

    बैठकमा समितिका सदस्य यज्ञराज सुनुवारले संसद् डेढ वर्षसम्म चल्ने देखिएकाले अबको एक वर्षको कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । सांसद सुनुवारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको स्थानीयस्तरमा महत्व भएकाले यसलाई निरन्तता दिनुपर्ने औंल्याए । 

    सांसद दुर्गा पौडेलले विगतमा अनुगमन गरेका आयोजनाको अवस्थाको बारेमा अनुगमन र समितिका बिगतको कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।समिति सदस्य कमला रोक्काले विगतमा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्रै थुपारिने प्रवृत्ति देखिएकाले अबको समयमा दुर्गम जिल्ला तथा हिमाली क्षेत्रमा पनि वितरण हुनुपर्नेमा जोड दिइन् ।

    समिति सभापति कल्याणी खड्काले अब समितिले विकास निर्माणको कामको अनुगमन सुरु गर्ने र समितिलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । सर्वोच्च अदालतबाट संसद पुनः स्थापना भए पनि समितिको पहिलो पटक बैठक बसेको हो । फाइल तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij