काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका छन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार पुगेका हुन् ।एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री बहाल रहँदा सरकारी निवास बालुवाटारबाट सबै बैठक सञ्चालन गर्ने ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सिंहदरबार पुगेका हुन् ।
बुधबार (आज) नै ओली थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीले औपचारिक रुपमा अध्यक्षको उपस्थिति जनाएका थिए । पार्टी कार्यालयको अवलोकन गरेर उनी सिंहदरबार पुगेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij