वेबटिभी खबर
रौतहट । पर्साको ठोरीमा एउटा दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ । ठोरी गाउँपालिका–४ गोपीवस्तीमा आइतबार बिहान पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।
मरेकाे बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोट देखिएको निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिनबहादुर श्रेष्ठले बताए ।
दुई बाघको आपसी लडाइँमा एउटा मरेको हुन सक्ने उनले अनुमान गरे । खेततर्फ जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको देखेपछि सुरुमा भागाभाग भएकाे थियो ।
उक्त स्थान भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायहरूलाई खबर गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij