Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काली गण्डकीमा बेपत्ता भएको आशंकामा आमा–छोरा खोजी सुरु

काली गण्डकीमा बेपत्ता भएको आशंकामा आमा–छोरा खोजी सुरु

  • 63
    SHARES
  • काली गण्डकीमा बेपत्ता भएको आशंकामा आमा–छोरा खोजी सुरु

    काठमाडौं । हिजो बुधबार साँझ कालिगण्डकिमा आमा छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरिएको छ । स्याङजा जिल्ला  गल्याङ्ग नगरपालिका-५ सेतिवेणी स्थित कालीगण्डकी नदी किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो ।

    उक्त सामान सोही  जिल्ला कालीगण्डकी गाउँपालिका-४ विर्घा बस्ने बर्ष २७ कि श्यामकला पाण्डे र उनको छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको स्थानीयबाट बुझिन आएको छ ।

    साथै दुबै जना कसैको सम्पर्कमा पनि नरहेकोले कालिगण्डकी नदीमा बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरू हराएको हुनसक्ने आशंकामा बिहीबार बिहानै देखि सशस्त्र प्रहरि बल नेपाल  नं‍‍ ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा सुरक्षाफौज  परिचालन गरि खोजी कार्य सुरु गरिएको छ ।

    बेपत्ता आशंका गरिएकाको खोजिका लागि पोखरा बाट गोताखोर समेत लैजाने तयारी भएको छ सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij