Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मकवानपुरमा लागूऔषध काराेबारका घटना बढ्दै

मकवानपुरमा लागूऔषध काराेबारका घटना बढ्दै

  • 143
    SHARES
  • मकवानपुरमा लागूऔषध काराेबारका घटना बढ्दै

    हेटौंडा । मकवानपुर जिल्लामा लागूऔषध कारोबार तीव्र रुपमा बढिरहेको छ । हेटौंडाका विभिन्न स्थानहरूमा गरिएको विशेष अपरेशनमा ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जना व्यक्तिहरू पक्राउ परेका छन् ।

    साउन २ गते विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका र वरपरका क्षेत्रमा लागूऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेहरूमा हेटौंडा-१ का २० वर्षीय सतिस लामा, सानोपोखरा-५ का सन्जिव लामा, भिमफेदी गाउँपालिका-२ कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका-२ बाँसपानीकी १९ वर्षीया सन्ध्या घलान, पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवा, सप्तरी सम्भुनाथ नगरपालिका-६ घर भई हाल हेटौंडा-९ लामसुरेमा बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी राजगढ गाउँपालिका-२ बनैनियाका ३६ वर्षीय अजय सिंह रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरूको साथबाट छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ जफत गरिएको छ । सतिस लामा, सन्जिव लामा, सन्ध्या पाख्रिन र सन्ध्या घलानबाट २ ग्राम २१० मिलिग्राम, अकलेश महतो कुशहवाबाट २ ग्राम ९१० मिलिग्राम, शैलेन्द्र चौधरी र अजय सिंहबाट १ ग्राम २८० मिलिग्राम, जम्मा ६ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।

    बरामद भएका लागूऔषधसहित सबै व्यक्तिहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रहरी स्रोतले मकवानपुर हुँदै अन्य स्थानमा लागूऔषध ओसारपसार हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाउँदै, जिल्ला विस्तारै लागूऔषध ट्रान्जिट बन्दै गइरहेको प्रति गम्भीर सरोकार व्यक्त गरेको छ ।

    यसैबीच प्रहरीले लागूऔषध कारोबार र दुरुपयोग नियन्त्रण गर्न जनसहभागितामा आधारित सचेतनामूलक कार्यक्रम र निगरानी अभियानलाई तीव्र बनाउने तयारी गरेको जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij