उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन पुनः सुरुवात गर्ने सम्झौता भएको छ । गतवर्ष जुन महिनामा दक्षिण कोरियासँग विवाद बढेपछि उत्तर कोरियाले हटलाइन सेवा बन्द गरिदिएको थियो।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै राष्ट्रका प्रमुखले यतिबेला सम्बन्ध सुधार्न सहमति जनाएपछि हटलाइन सुचारु हुने भएको हो। कार्यालयका अनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उन र दक्षिणका राष्ट्रपति मुन जाय इनबीच अप्रिलयता कयौंपटक पत्रमार्फत् विचार आदान–प्रदान भएको छ।
उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुवै देशको सम्बन्ध खराब विन्दुमा पुगेको थियो। त्यसपछि गतवर्षको जुनमा उत्तर कोरियाले हटलाइन सेवा बन्द गर्ने फैसला गरेको थियो । हटलाइन सेवा यस्तो सेवा हो जसको माध्यमबाट यी दुवै देशका नेताले सिधै एकअर्कालाई सम्पर्क गर्न सक्छन् । बीबीसी
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij