Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

  • 115
    SHARES
  • रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

    रामेछाप । रामेछाप जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको हो ।

    कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सेवा प्रदायक कार्यालयहरूले गर्ने सबै काम पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूलाई स्थानीय तहसँग समन्वय गरेर योजनाहरू कार्यान्वयन गर्न आग्रह गरे ।

    प्रजिअ थापाले सेवा प्रवाह गर्ने निकायहरूको उत्तरदायित्व अभिवृद्धि गर्नु र नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने वातावरण निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए । उनले जिल्लाका सबै सरकारी कार्यालयहरूलाई अनिवार्यरूपमा सार्वजनिक गर्नुपर्ने सूचना समयमै प्रकाशित गर्न निर्देशन पनि दिए ।

    कार्यक्रममा पत्रकार तथा नागरिकले विभिन्न कार्यालयको कार्यसम्पादन, सेवा गुणस्तर र सुशासनका विषयमा प्रश्न उठाएका थिए । सहभागीहरूले राखेका जिज्ञासाहरूको सम्बन्धित कार्यालय प्रमुखहरूले जवाफ दिएका थिए । यसअघि पनि रामेछापमा अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सार्वजनिक सुनुवाइमार्फत सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij