वेबटिभी खबर
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयले निर्धारण गरेको कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ ।
प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने छ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्ने छन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण पछि कार्यान्वयनमा आउनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij